गाईघाट–कदमाहा सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र

महेश सिंह महतो
सिरहा, साउन ९ गते :
सप्तरीको सुरुगा नगरपालिका लक्ष्मीपुर स्थित पर्ने मुनि खोलामा आएको बाढिले यात्रुहरु अलपत्र परेको छ । गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडक खण्डमा पानी जमेर गाडीहरू अबरुद्ध भए पछि यात्रुहरु अलपत्र परेका छन् ।

[custom-facebook-feed]

लगातार तीनदेखी परेको अविरल वर्षाले मुनिखोलामा आएको बाढिले सप्तरीको बासिन्दाहरु आतंकित भएका छन् । सानो खोलाको रूपमा देखिने मुनिखोलामा वर्षायाममा स्थानीयहरुलाई निकै अप्ठ्यारो हुने गरेको छ ।

सुख्खा समयमा खोला जस्तो नदेखिने र वर्षायाममा पानीको बहाब उच्च हुने गरेको छ । सो खोलामा आउने बाढिले प्रत्येक वर्ष बाढीबाट आसपासको गाउँहरु लक्ष्मीपुर, कहर्वा, चहका, भेडिया लगायतका गाउँहरु डुबानमा पर्ने गरेका छन् ।

मंगलवारदेखि परिरहेको वर्षाको पानीले खोलामा पुल नहुँदा बाटो अबरुद्ध हुँदा काठमाडौं र विराटनगरबाट आउने गाडीहरू गन्तव्यमा पुग्न सकेको छैन । बाटो अवरुद्ध हुँदा गन्तव्यमा हिडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।